चितवन जिल्लाको परिकल्पना,   एच. आई. भी. रहित समाजको सिर्जना !  एच. आई. भी को नयाँ संक्रमण, भेदभाव र यसबाट हुने मृत्युलाई सुन्यमा पुराऔ !!

चितवनको परिचय

चितवन, नेपालको मध्यमाञ्चल विकास क्षेत्रको दक्षिणी भागमा अवस्थित राजधानीसंग जोड्ने निकटतम् राजमार्ग र पूर्व—पश्चिम राजमार्गको संगमस्थलको रूपमा रहेको तथा नारायणी नदीको पूर्वी भागमा भित्री मधेश र राप्ती उपत्यकाको नामले परिचित जिल्ला हो । तराईको भावर प्रदेशदेखि महाभारत पर्वतसम्म फैलिएको यस जिल्लाक पूर्वमा मकवानपुर र पर्सा, पश्चिममा नवलपरासी र तनहुं, उत्तरमा धादिङ र गोरखा र दक्षिणमा भारतको विहार राज्य पर्दछ । चितवन प्राकृतिक मनोरम दृष्यहरूले भरिएको, चितवन राष्ट्रिय निकुञ्ज, तालहरू, नदी, गढी जस्ता पर्यटकीयस्थल रहेको एउटा जिल्ला हो । यस जिल्ला सामाजिक, आर्थिक, भौतिक एवं पर्यटकीय दृष्टिले सुन्दर, समुन्नत र आकर्षक जिल्लाका े रूपमा स्थापित गर्द ै लजै ान सरकारी, गरै सरकारी, नीजि तथा सामुदायिक क्षेत्रका संघसंस्थाहरू कार्यरत रहंदै आईरहेका छन् ।
जनताको असिमित अवश्यकता, माग र आकांक्षालाई सिमित स्रोत साधनले पूरा गर्नुपर्ने बाध्यताका कारण विकासको गति अझै पर्याप्त हुनसकेको छैन । देशको अन्य जिल्लाको तुलनामा सडक, यातायात, सञ्चार, विद्युत, जनस्वास्थ्य, शिक्षा जस्ता क्षेत्रहरूमा चितवन अगाडि नै भएको देखिन्छ । कृषि, पर्यटन तथा उद्योग यस जिल्लाको प्रमुख सम्भावनाका क्षेत्र हुन् ।
यस जिल्लाको अधिकांश भू—भाग मैदानी भए तापनि केही अति विकट् र पहाडी क्षेत्र पनि पर्दछन् । अन्य जिल्लाबाट बसाईसराई गरी आएका अधिकांश जनताहरू भए तापनि विकासको क्रममा पिछडिन पुगेका आदिवासी चेपा·, थारु, माझी, दराई, कुमाल जातिहरू पनि प्रशस्तै रहेका छन् ।
जिल्लाको संक्षिप्त परिचय दिने उद्देश्यले यो चिनारी प्रकाशन गरिएको हो । यस चिनारीको बारेमा कुनै टिप्पणी तथा सुझावहरू भए सूचना, अभिलेख तथा प्रकाशन शाखा (जिविसको कार्यालय) लाई उपलब्ध गराई सहयोग गर्नुुहुन श्रद्धेय पाठक वर्गहलाई हार्दिक अनुरोध गर्दछौं ।
भौगोलिक स्वरूपः
अव िस् थतिः अक्षांश: ८३० ५५’ – ८४० ४८’ उत्तर
देशान्तर: २७० २१’ – २७० ४६’ पूर्व
सिमानाः पूर्व: मकवानपुर र पर्सा जिल्ला
पश्चिम:नवलपरासी र तनहुं जिल्ला
उत्तर: गोरखा र धादिङ जिल्ल
दक्षिण: भारतको विहार र उत्तर प्रदेश
जिल्लाको क्षेत्रफल: २२३८.३९ वर्ग किलोमीटर
विकास क्षेत्र: मध्यमाञ्चल
अञ्चल: नारायणी
उचाइ (समुद्र सतहदेखि): १४४ मीटरदेखि १९४७ मी.
हावापानी: सम—शितोष्ण र उष्ण
वार्षिक अधिकतम तापक्रम: ३७.९०० से.
वार्षिक न्यूनतम तापक्रम: ७० से.