हार्दिक स्वागत छ
चितवन जिल्लाको क्षेत्रफल २२३८.३९ वर्ग कि.मी. छ । उक्त क्षेत्रफलमध्ये ९०८.७९ वर्ग कि.मि. शाही चितवन राष्ट्रिय निकुञ्जले ढाकेको क्षेत्रफल वाहेक बाँकी क्षेत्रफल १३२९.६० वर्ग कि.मि. लाई ३६ गाउँ विकास समिति र २ नगरपालिकामा विभाजन गरिएको छ । ५ निर्बाचन छेत्र १३ इलाका, जनसंख्या ५६६६२१, जनघनत्व २५५ जना प्रति वर्ग कि.मी, वार्षिक जनसंख्या वृद्धिदर १.८३ प्रतिशत, घरपरिवार संख्या १३२८३८, प्रति घर परिवार ४.२७ जना, पुरुष महिलाको अनुपात ९२ जना र १४४ मिटर देखि १९४७ मिटरसम्मको उचाईमा रहेको चितवन जिल्ला देश कै मध्यभागमा आर्थिक केन्द्रको रुपमा अगाडी वढीरहेको छ । जिल्लाको औषत साक्षरता ७१, पुरुष ७९ र महिला ६३ प्रतिशत, प्रतिव्यक्ति आय ३१५डलर र कृषि, पशु, पर्यटन, उधोग तथा विदेशवाट ल्याईएका रकम नै प्रमुख आम्दानीको श्रोत हो ।जिल्लाको औषत साक्षरता ७१, पुरुष ७९ र महिला ६३ प्रतिशत, प्रतिव्यक्ति आय ३१५डलर र कृषि, पशु, पर्यटन, उधोग तथा विदेशवाट ल्याईएका रकम नै प्रमुख आम्दानीको श्रोत हो ।


